ट्रेड यूनियनलाई प्रधानमन्त्रीले भने- ‘याे कांग्रेसकाे एकलाैटी सरकार हाेइन, धेरै क्लेम नगर्नू’ (भिडिओसहित)

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सबै क्षेत्रकाे समस्या समेटेर अघि बढ्ने बताएका छन् । आइतबार नेपाल ट्रेड यूनियनकाे कार्यक्रमलाई काठमाडाैँमा सम्बाेधन गर्दै यस्ताे बताएका हुन् । ‘याेबीचमा काेभिडका कारण नेपालकाे अर्थतन्त्र कमजाेर बन्याे । तैपनि सरकार सबैकाे र सबै क्षेत्रकाे समस्यालाई सम्बाेधन गरेरै जाने छ,’ उनले भनेका छन् ।

०००

उनले ट्रेड यूनियनका पदाधिकारीहरूलाई आफू प्रधानमन्त्री भएकाे सरकार कांग्रेसकाे एकलाैटी सरकार नभएकाे स्मरण गराए । सम्बाेधनकाे शुरूमै उनले भनेका छन्, ‘तपाईंहरूले के बुझ्नुपर्‍याे भने याे कांग्रेसकाे सरकार हाेइन । याे नबुझीकन तपाईंहरूले याे धेरै क्लेम गर्नुपर्ने कुरा छैन । अरु जहाँसम्म लाग्छ, तपाईंहरूले महत्त्वका कुराहरू उठाउनुभएकाे छ । यसमा सरकार सकारात्मक छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 5 =