आफ्नाे अमेरिका भ्रमणबारे प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्छ : भीम रावल
२०७९ जेठ २९ गते

काठमाडाैँ । नेकपा एमालेका सांसद भीमबहादुर रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नाे अमेरिका भ्रमणबारे संसद्मा जानकारी र सांसदहरूले तत्सम्बन्धी उठाएकाे प्रश्नकाे जवाफ दिन माग गरेका छन् । आइतबारकाे प्रतिनिधि सभामा बाेल्दै उनले यस्ताे माग गरेका हुन् । ‘प्रधानमन्त्रीजी किन जान लाग्नुभएकाे हाे ? यसबारे सांसदहरूले पनि प्रश्न उठाउनुभएकाे छ । यसबारे प्रधानमन्त्रीजीले जवाफ दिनुपर्छ,’ उनले भनेका छन् ।
प्रधानमन्त्री देउवा जेठ २८ गते अमेरिकाकाे भ्रमणमा निस्कँदैछन् ।
२०७९ जेठ २९ गते
प्रतिक्रिया
सम्बन्धित








