चीनका रक्षामन्त्रीले भने, ताइवानकाे स्वतन्त्रता राेक्न अन्तिमसम्म लड्छाैँ

बेइजिङ । चिनियाँ रक्षामन्त्री वे फेंगले चीन ताइवानकाे स्वतन्त्रता राेक्नका लागि अन्तिम साससम्म लड्ने बताएका छन् ।

चीनका रक्षामन्त्रीले सिंगापुरमा चलिरहेको शांगरी–ला डायलगका बेला क्षेत्रीय व्यवस्थाको विषयमा चिनियाँ धारणाबारे विस्तारपूर्वक चर्चा गरेका हुन् ।

यसअघि शनिबार अमेरिकाले चीनमाथि ताइवान नजिकै ‘उत्तेजक र अस्थिरता बढाउने’ खालको कारवाही गरेको आरोप लगाएको थियो ।

जवाफमा चीनका रक्षामन्त्रीले आइतबार ताइवानलाई मुक्त गर्ने कुनै पनि प्रयासलाई कुल्चिने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =