अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्न पाेखरा आउँदै कमल थापा

पोखरा । राप्रपा नेपालका अध्यक्ष कमल थापा पाेखरा आउने भएका छन् । यहाँ आयाेजित अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्न उनी आइतबार पाेखरा आउने भएका हुन् । उनले यहाँ स्थानीय बुद्धिजीवी , नागरिक समाज , सञ्चारकर्मी, उद्याेगी, व्यापारीहरूसँग ‘मुलुककाे चुनाैती र विकल्प’ विषयमा अन्तरक्रिया गर्नेछन् । राप्रपा नेपालले सातै प्रदेशमा याे विषयमा अन्तरक्रिया गर्दै आएकाे छ । जसमा बागमतीको हेटाैँडँमा, प्रदेश नं. १ काे विराटनगरमा, मधेश प्रदेशको जनकपुरमा र लुम्बिनी प्रदेशको बुटवलमा कार्यक्रम सम्पन्न भइसकेकाे छ ।
आइतबार गण्डकी प्रदेशकाे राजधानी पाेखरामा हुँदैछ । यही कार्यक्रमका लागि अध्यक्ष थापा पाेखरा आउने राप्रपा नेपालका महामन्त्री राजाराम बर्ताैलाले जानकारी दिए । कार्यक्रममा प्रदेशभित्रका सबै जिल्लाका अध्यक्षसहितका प्रतिनिधिहरूकाे पनि सहभागिता रहने राप्रपा नेपाल, गण्डकी प्रदेशका अध्यक्ष राजेन्द्रबहादुर अधिकारीले बताएका छन् ।
कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको गण्डकी प्रदेश समितिले जनाएको छ । सबै वर्ग, क्षेत्र , समुदायका व्यक्तिहरूसँग अन्तरक्रिया गर्दै पार्टीले धारणा र थप कार्यक्रम तय गर्ने जनाइएकाे छ । कार्यक्रमबारे जानकारी दिन आयोजित साक्षात्कार कार्यक्रममा पार्टीका सहायक महामन्त्री शिव बाँस्तोला, प्रदेश सचिव सूर्य बाँस्ताेलालगायतकाे उपस्तिथि रहेको थियाे ।








