दार्चुला घटना : करणीका विषयमा विवाद हुँदा छोरीले देखेपछि एकल महिलाको हत्या !

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका-१ की ४५ वर्षीया अनिभा खडायतको आगो लगाएर हत्या गरेको भनिएका मुख्य आरोपित सोही ठाउँका भोजराज खडायतलाई प्रहरीले सार्वजनिक गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत खडायतलाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार प्रतिवादी खडायतलाई बैतडीको दोगडाकेदार गाउँपालिका ३ खोचलेकबाट पक्राउ गरी सार्वजनिक गरिएको हो । आफ्नो घरबाट ५० मिटर टाढा उखुबारीमा खरको थुप्रोमा जलेको अवस्थामा बुधबार अनिभाको शव फेला परेको थियो ।

यसरी भयो हत्या
भोजराजले ती महिलालाई घरबाट बोलाएर बारीमा लगे । त्यहाँ करणी गर्ने विषयमा उनीहरूबीच विवाद भयो । विवादका क्रममा उनले महिलालाई ढुङ्गा हाने । त्यसपछि घरतर्फ जाँदै गर्दा मृतककी छोरीले देखिन् ।

भोजराज आफ्नो पोल खुल्ने डरले पुनः घटनास्थल गई खरले छोपी आगो लगाई घटनास्थलबाट फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए । उनको साथबाट अनिभाले कानमा लगाएको सुनको बाली २ थान र नाकमा लगाएको नथियाँ १ थानसमेत प्रहरीले बरामद गरेको छ ।

उनी उपर जबरजस्ती करणी, ज्यानसम्बन्धी कसुर र डाँका चोरी शीर्षक मुद्दामा जिल्ला अदालत दार्चुलाबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको डिएसपी विष्टले बताए । प्रतिवादी खडायत चमेलिया जलविद्युत आयोजना बलाँचमा कार्यरत सुरक्षा गार्ड हुन् । मृतकसँग उनको नाता गाउँले देवर-भाउजूको रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा टाउकोमा चोट रही खरको थुप्रोमा जलेको महिलाको शव, चप्पल, पुरुषले प्रयोग गर्ने कट्टु, रगत जस्तो रातो पदार्थ लागेको ढुङ्गा फेला परेको प्रहरीले जनाएको छ । उक्त घटना एक्लैले गरेको भनीभोजराज खडायतले प्रहरीसँग स्वीकार गरेका छन् ।

यद्यपि प्रहरीले अनुसन्धानका लागि भन्दै छिमेकी विरेन्द्र खडायत र तुला खडायतलाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले उनलाई खडायतलाई बैतडीको दोगाडाकेदार गाउँपालिका वडा नं ३ खोचलेकबाट २६ गते पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *