दिगो विकासका निम्ति जीवन विकास पुरस्कार रीड नेपाललाई

काठमाडाैँ । दिगो विकासको चौथो लक्ष्यअन्तर्गत गुणस्तरीय शिक्षा (Quality Education) को उद्देश्य पूरा गर्ने कार्यमा अतुलनीय योगदान पुर्‍याएकाेबापत् ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (REED Nepal) ले दिगो विकासका निमित्त जीवन विकास पुरस्कार-२०७७ प्राप्त गरेकाे छ । रीडले नेपालभरीका गैरसरकारी संघसस्थामा उत्कृष्ट छनोट हुँदै पाँच लाख नगदसहित सम्मानपत्र प्राप्त गरेको हाे ।

राष्ट्रपति कार्यालयमा शुक्रबार सम्पन्न एक समारोहमा उक्त सम्मान प्रदान गरिएको रीड नेपालका शिक्षा विकास संयोजक केशव गिरीले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट सम्मान प्रदान गरिएकाे थियाे ।

रीड नेपाल दुई दशकदेखि गुणस्तरीय शिक्षाको क्षेत्रमा योगदान पुर्‍याउँदै आएकाे छ । विशेषगरी नेपालका हिमाली तथा दुर्गम जिल्लाहरूका ग्रामीण भेगका सामुदायिक विद्यालयको विकासका लागि काम गर्दै आइरहेको छ ।

२०७७ सालमा जीवन विकास समाजले दिगो विकासका क्षेत्रमा नेपाल सरकारले लिएको लक्ष्य हासिल गर्न टेवा पुर्‍‍याउने उद्देश्यले सो क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै गैरसरकारी संघसंस्था, सामुदायिक शैक्षिक संस्था तथा पत्रकारलाई प्रतिस्पर्धामा भाग लिन आवेदन माग गरेको थियो । जसअन्तर्गत पहिलो विधाअन्तर्गतको पुरस्कार ५ लाख रीड नेपालले प्राप्त गरेको हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *