अध्यक्षसहित ६ जना सवार गाउँपालिकाको गाडी दुर्घटना

धनगढी । अछामको ढकारी गाउँपालिकाको गाडी साँफेमा दुर्घटना भएको छ । धनगढीबाट आएको गाउँपालिकाको बा २ झ ३७६५ नम्बरको गाडी शनिबार बिहान ५ बजे जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ४ मा दुर्घटना भएको हो ।

गाडी अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडीमा ढकारी गाउँपालिका अध्यक्ष प्रकाश साउँदसहित ६ जना सवार थिए ।

उनीहरू सकुशल रहेका र गाडी चालक लली नेपाली सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका निमित्त कार्यालय प्रमुख निमित्त कैलाश सिंह विष्टले बताए । उनका अनुसार चालकको धुब्रतारा हस्पिटलमा उपचार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *