कसले बनायो सलमान खानको हत्या योजना ?

काठमाडौँ । बलिउडका अभिनेता सलमान खानलाई ग्याङस्टार लरेन्स विष्नोइले ज्यान मार्ने धम्की दिएको खुलासा भएको छ । प्रहरीको अनुसन्धानको क्रममा सौरभ महाकालले यसबारे खुलासा गरेका हुन् ।

महाकाल र लरेन्सबीच निकट सम्बन्ध रहेको पनि बताइएको छ । लरेन्सले सलमानको हत्याको लागि सम्पत नेहरा नामका एक सुटरलाई परिचालन गरेको खुलेको हो । उनले सलमानको हत्याका लागि नेहरालाई सुपारी दिएका थिए ।

सुटर परिचालन
स्रोतका अनुसार सन् २०२१ मा लरेन्सले सलमानको हत्या गर्न सम्पत नेहरालाई हायर गरेका थिए । योजना अनुसार उनी मुम्बई पनि पुगेका थिए । उनी मुम्बईको वासी क्षेत्रमा बस्दै आएका थिए र उनले सलमानको घर अर्थात ग्यालेक्सी अपार्टमेन्टको निगरानी पनि गरेका थिए ।

दैनिक भास्करले उल्लेख गरेअनुसार मौका छोपी सलमानमाथि गोली चलाउने योजना बनाएका थिए तर उनको योजना सफल भएको थिएन । सम्पथले दोस्रो पटक आक्रमण गर्ने योजना बनाएको खुलेको छ ।

यसपटक उनले आफ्नो गाउँका दिनेश यादव उर्फ फौजीबाट राइफल समेत मगाएका थिए । तर दिनेशसँग राइफल हुँदा उनलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि सम्पत नेहरा पनि पक्राउ परे । यति मात्र होइन, फिल्म रेडीको सुटिङको क्रममा पनि लरेन्सले सलमानमाथि आक्रमणको योजना बनाएको दाबी गरिएको छ ।

को हुन् सम्पत नेहरा ?
सम्पत नेहरा ग्याङस्टार लरेन्स विष्नोइ निकट मान्छिन् । उनी चण्डीगढ प्रहरीका सेवानिवृत्त सहायक सहायक निरीक्षक रामचन्दरका छोरा हुन् । यति मात्र होइन, सम्पत राष्ट्रिय स्तरको खेलका रजत पदक विजेता पनि हुन् ।

स्रोतकाअनुसार सम्पत पढाइकै क्रममा ग्याङ्स्टर लरेन्सको सम्पर्कमा आएका थिए । उनले लरेन्सलाई हरेक अपराधमा साथ दिए । सम्पत लरेन्स गिरोहका शार्प शूटर पनि हुन् । पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्याका संदिग्ध अभियुक्तहरूलाई दिल्ली प्रहरीले पक्राउ गरी अनुसन्धान गर्ने क्रममा यस्तो खुलासा बाहिरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *