अश्लिल भिडियो बनाएर ५० लाख बार्गेनिङ गर्ने युवक पक्राउ

काठमाडाैँ । गत बैशाख २६ गते एक महिलाको अश्लिल भिडियो खिचे । त्यसपछि उनले चरित्र हत्या गर्ने धम्की दिए । सामाजिक सञ्जालमा हालिदिने उनको धम्की थियो ।

भिडियो डिलिट गर्न ति महिलाले पटक पटक आग्रह गरिन् । उनले भिडियो हटाउने भए ५० लाख दिन भने । पीडित महिलाले ३ लाख रुपैयाँ दिइन् । बाँकी रकम पनि मागिरहे ।

पटक पटक धम्की दिएपछि महिलाले कास्की प्रहरीमा उजुरी दिइन् । प्रहरीले अनुसन्धान सुरु गर्‍यो । अन्ततः कैलाली प्रहरीको समन्वयमा कास्की प्रहरीको टोलीले बाजुरा बडीमालिका ७ का २७ वर्षीय शान्तराज तिमिल्सेनालाई पक्राउ गर्‍यो ।

उनलाई आपराधिक विश्वासघात मुद्धामा जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको खड्काले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *