वामपन्थी दलबिच तत्काल एकता सम्भव छैन : नेता भट्टराई
२०७९ जेठ २७ गते

|नेता योगेशकुमार भट्टराई। तस्वीरः मकालु खबर|
झापा । नेकपा एमालेका सचिव योगेश भट्टराईले वामपन्थीहरूबीच तत्काल एकता सम्भव नभएको बताएका छन् ।
दमकमा आज प्रेस चौतारी क्षेत्रीय कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुदै सचिव भट्टराईले अब हुने सङ्घीय तथा प्रदेश निर्वाचनमा वामपन्थी दलहरू मिलेर चुनावमा जाने परिस्थिति अहिले नै तयार भइनसकेको स्पष्ट पारे ।
वामपन्थी विचार मिल्ने दलहरूबीच तत्काल एकता नभए पनि कालान्तरमा भने एक हुनुको विकल्प नभएको उनको भनाइ थियो ।
२०७९ जेठ २७ गते
प्रतिक्रिया
सम्बन्धित








