ओलीकाे टिप्पणी- ‘संसद् विघटन गरेर दरबारलाई बुझाउनुचाहिँ प्रतिगमन हाे, जुन शेरबहादुरजीले गरे’ (भिडिओसहित)
२०७९ जेठ २७ गते

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनकाे आफ्नाे कदम प्रतिगमन नभएकाे दाेहाेर्याएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा पत्रकाहरूसँग कुराकानी गर्दै उनले यस्ताे बताएका हुन् । पत्रकारहरूकाे प्रश्नमा जवाफ दिँदै उनले भनेका छन्, ‘तपाईंहरूले केलाई प्रतिगमन भनेकाे हाे ? संसद् विघटन गर्नु, चुनाव नगराउनु र दरबारमा बुझाउनुचाहिँ प्रतिगमन हाे । जुन शेरबहादुरजीले गर्नुभयाे ।’
ओलीले यसअघि प्रधानमन्त्रीकाे हैसियतमा २०७७ पुस ५ गते र २०७८ जेठ ८ गतेगरी २ पटक संसद् विघटन गरेका थिए । यसतर्फ लक्षित पत्रकारहरूकाे प्रश्नमा उनले थपेका छन्, ‘मैले गरेकाेलाई प्रतिगमन भनिँदैन । मैले निर्वाचनकाे मिति पनि ताेकेकाे पनि थिएँ ।’
यस्तै उनले अहिल्यै वामएकताकाे सम्भावना नरहेकाे बताएका छन् ।
२०७९ जेठ २७ गते
प्रतिक्रिया
सम्बन्धित








