सरकारले पुनः बढायाे गाडी भाडा, कहाँकाे कति ?
२०७९ जेठ २७ गते

फाइल फोटो
काठमाडौँ । सरकारले पुनः सार्वजनिक यातायातको भाडा बढाएकाे छ । यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढाएकाे हाे ।
विभागका अनुसार यात्रुबाहक सवारीको हकमा २.५ प्रतिशत भाडा बढेको छ । पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ३.३ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ३.७ प्रतिशत मूल्य बढेको विभागले जनाएको छ ।
२०७९ जेठ २७ गते
प्रतिक्रिया
सम्बन्धित








