मन्त्री झाँक्रीकाे प्रण:

‘कागज धेरै गर्‍याैँ अब काम गर्छाैँ, सिसडाेलकाे गल्ती बञ्चरेडाँडामा दाेहाेर्‍याउँदैनाैँ’ (भिडिओसहित)

काठमाडाैँ । शहरी विकासमन्त्री रामकुमारी झाक्रीले काठमाडाैँकाे फाेहाेर व्यवस्थापनमा आफूहरूकाे विशेष ध्यान गएकाे बताएका छन् । शुक्रबार संसदीय समितिमा छलफल गर्ने क्रममा उनले यस्ताे बताएकी हुन् । ‘हाम्राे विशेष ध्यान गएकाे छ, यसबारे सबैकाे साथ चाहिन्छ । हामी एउटा स्ट्यान्डर्ट कायम गरेर काम गर्छाैँ,’ उनले भनेका छन् ।

उनले काठमाडाैँकाे फाेहाेर व्यवस्थापनकाे नाममा धेरै कागजहरू गरेकाे उल्लेख गर्दै भनेका छन्, ‘अब कागज हाेइन, काम गर्छाैँ ।’ यसअघि सिसडाेलमा गरेकाे गल्ती बञ्चरेडाँडामा नदाेहाेर्‍याउने प्रण मन्त्री झाँक्रीकाे छ । उनले भनेकी छन्, ‘सिसडाेलमा हामीले गल्ती गरेकै हाैँ । त्यहाँ हाम्राे काम गराइ मिलेन र नै समस्या भयाे । अब त्यहाँ गरिएका गल्ती बञ्चरेडाँडामा दाेहाेर्‍याउनु हुन्न ।’

यसअघि बञ्चरेडाँडामा ल्यान्डफिल्डसाइड बनाउनेबारे मन्त्रालय, काठमाडाैँ महानगरपालिका र धुनिवेशी नगरपालिकाबीच त्रिपक्षीय सम्झाैता भएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 7 =