आजको सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ ।

अघिल्लो दिन प्रतितोला रु. ९८ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज शुक्रबार प्रतितोला रु. ३०० ले घटेको छ । पहेँलो धातुको मूल्य आज प्रतितोला रु. ९७ हजार ७०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार २०० कायम छ । अघिल्लो दिन तेजाबी सुन प्रतितोला रु. ९७ हजार ५०० मा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १५ ले घटेर रु. एक हजार २६५ कायम रहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *