सरकारसँग चन्दा चाैधरीकाे बिन्तीभाउ- ‘२७ वर्षयता पीडामा छु, न्याय चाहियाे’

काठमाडाैँ । लाेकतान्त्रिक समाजवादी पार्टी लाेसपाकी सांसद चन्दा चौधरीले स्थानीय तह निर्वाचनमा आफूमाथि आक्रमण प्रयास भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । शुक्रबार संसद्‌मा मन्त्रालयगत बजेटमाथिकाे छलफलमा भाग लिने क्रममा उनले यसबारे जानकारी दिएक हुन् । गत वैशाख २७ गते गठबन्धन दलका एक जना उम्मेदवारसहितको समूह आफ्नो घर गएर दुर्व्यवहार गरेको उनले बताइन् । ‘कानूनसम्मत दोषीलाई कारबाही हुनुपर्‍याे । कानूनसम्मत जेछ, त्यो न्याय मलाई चाहियो,’ उनकाे माग छ ।

चुनावमा भोट माग्न किन आएको भन्दै आफूलाई आक्रमणको प्रयास भएको उनले बताइन् । त्यहाँ प्रहरी नभएकाे भए आफूमाथि आक्रम हुने जानकारी दिँदै उनले थपिन्, ‘ममाथि आज भएको छ, भोलि अरुमाथि हुनसक्छ । यस्ता दोषीहरूमाथि कारबाही हाेस् ।’ आफू २० मिटरको दूरीकाे अर्को घरमा रहेकाले जोगिएको उनले बताइन् । ‘हतियार निकाल, यसलाई आज खत्तमै गर्नुपर्छ, यसको छोरीलाई मार्नैपर्छ’ भन्दै उनीहरूले आफूमाथि आक्रमण गर्न खाेजेकाे बताइन् ।

उनले यस्ताे पीडा २७ वर्षयता भाेग्दै आएकाे बताइन् । २०५४ सालमा आफ्नो दाइलाई बेपत्ता पारिएको घटना स्मरण गर्दै उनले आफूमाथि पनि त्यस्तै गर्न खोजिएको आशंका गरिन् । ‘२७ गतेको दिनको जुन घटना, जुन दृष्य देखें, अझै पनि मेरो दिमागबाट गइरहेको छैन । त्यतिबेला म ४० मिनेटसम्म आफ्नै घरको अगाडिको अर्को घरमा मलाई प्रहरीले, पीएसओले सुरक्षा दियो । ४० मिनेटपछि जलेश्वरबाट एसपी आएर मलाई रेस्क्यु गरेको अवस्था छ । पुलिस प्रशासन नआएको भए मेरो ज्यान जाने थियो, न्याय चाहियाे,’ उनले बिन्तीभाउ गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =