डा. विजय पाैडेलकाे स्वास्थ्यावस्थाबारे जानकारी लिन अस्पताल पुगे प्रचण्ड

काठमाडाैँ । नेकपा [एकीकृत समाजवादी]का उपमहासचिव विजय पौडेलको स्वास्थ्यअवस्थाबारे जानकारी लिन नेकपा [माओवादी केन्द्र[का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका छन् । उनी शुक्रबार बिहान त्यहाँ पुगेका हुन् । मुटुसम्बन्धी समस्या देखिएपछि बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत पौडेलको स्वास्थ्यावस्थाबारे जानकारी लिन प्रचण्ड शुक्रबार बिहान अस्पताल पुगेका हुन् ।

स्वास्थ्यमा समस्या देखिएपछि पौडेललाई सोमबार गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको थियो । मुटुसम्बन्धी शल्यक्रियापछि पौडेलको स्वास्थ्यमा सुधार हुँदै गएको अस्पतालले जानकारी दिएको छ । प्रचण्डले त्यहाँ पाैडेलकाे स्वास्थ्यलभाकाे कामना गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 1 =