नेपालमाथि ओमानको रोमाञ्चक जित

काठमाडौँ  । आईसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा नेपालले खराब शुरुवात गरेको छ । ओमानविरुद्धको पहिलो खेलमा नेपाल १३ रनले पराजित भएको छ ।

ओमानले दिएको २१२ रनको लक्ष्य पछाएको नेपालले ४९.४ ओभरमा अल आउट हुदै १९८ रन बनाएको हो । नेपालका लागि आरिफ सेखले सर्बाधिक ६६ रन बनाए भने देव खनालले ३४ रन बनाएका थिए ।

रोहित पौडेलले २०, दिपेन्द्र सिंह ऐरीले १६, विनोद भण्डारीले १४, सोमपाल कामीले १३ रनको योगदान दिएका थिए । ओमानका बलर जीशान मक्सूद र खवर अलीले ३-३ तथा बिलाल खानले २ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको ओमानले कप्तान जिशान मक्सूदको शतकीय पारीको मद्धतले ५० ओभरमा ८ विकेट गुमाउदै २११ रन बनाएको थियो । मक्सूदले अविजित १०४ रन बनाएका थिए । त्यस्तै खवर अलीले ३०, शोइब खानले २७ रनको योगदान गरेका थिए ।

नेपाली बलर करण केसीले ५ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले २ र सोमपाल कामीले एक विकेट लिएका थिए ।

यो जितपछि ओमानको ३४ खेलमा ४२ अंक भएको छ र डिभिजन लिग-२ मा शिर्ष स्थानमा रहेको छ । त्यस्तै नेपाल भने १३ खेलमा ६ जित र ७ हारसँगै १२ अंक सहित छैटौ स्थानमा रहेको छ । अब नेपालले दोस्रो खेल शनिबार राति अमेरिकाविरुद्ध खेल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *