मन्त्री श्रेष्ठमाथि जङ्गिएका सांसद यादव भन्छन्- ‘मेराे याेजनामा बजेट नछुटिए मन्त्रालयमै अनशन बस्छु’

काठमाडाैँ । बिहीबार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाई भेट्न जनता समाजवादी पार्टी [जसपा] का सांसदहरू सिंहदरबारस्थित मन्त्रालयमै पुगेका थिए । त्यहाँ पुग्ने सांसदहरूमा रामबाबु कुमार यादव, जसपाकै निलम्बित सांसद हरिनारायण राैनियारलगायत थिए । त्यहाँ आव २०७९/८० काे बजेट; त्यसमा पनि सामान्य प्रशासन मन्त्रालयकै बजेटमाथि कुराकानी हुँदै थियाे । त्यसक्रममा सांसद यादवले आफूले छनाैट गरेकाे याेजनामा बजेट नपरेकाे भन्दै असन्तुष्टि पाेख्दै थिए । त्यहीक्रममा उनले टेबल ठाेक्न थाले, उनकाे आराेप छ— मन्त्रीले मेरै कुरै सुनेनन् ।

♦ याे पनि:
   ‘सामान्य प्रशासनमन्त्री श्रेष्ठमाथि मन्त्रालयमै हातपात गर्न खाेजियाे’

बाराकाे निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित सांसद यादवले आफूसँग याेजना मात्रै लिने तर, बजेटचाहिँ नछुटाउने भन्दै आफूले मन्त्रीकाे ध्यानाकर्षण मात्रै गरेकाे बताउँछन् । उनले मकालुखबरसँग भनेका छन्, ‘याेजना मात्रै लिने, बजेटचाहिँ नछुटाउने यस्ताे पनि हुन्छ कहीँ ?’

मन्त्रालयमै उनीहरूबीच सवाल-जवाफ पनि भएकाे थियाे । मन्त्री श्रेष्ठले ‘सबै क्षेत्र र सबैकाे क्षेत्रलाई समेटेर बजेट ल्याइएकाे छ’ भनेर भन्दै थिए भने सांसद यादवले आफ्नै मन्त्री हुँदा पनि बजेटमा विभेद देखिएकाे भन्दै असन्ताेष पाेख्दै थिए । त्यहीक्रममा मन्त्री श्रेष्ठले आफ्नाे समस्या र भनाइ नसुनीकन आफूमात्रै बाेलेकाे भन्दै सांसद यादवले टेबल ठाेक्न थालेका थिए । त्यसक्रममा उनले आफूले पानीकाे बाेतल पनि बजारेकाे स्वीकारे, भने— ‘उहाँ नराेकिएपछि मैले पानीकाे बाेतल बजारेकाे हुँ ।’ मन्त्रालयमा त्यस्ताे गर्न पाइन्छ भन्ने प्रश्नमा उनले भनेका छन्, ‘त्यसलाई ठूलाेरूपमा बुझ्नुहुँदैन । त्याे मैले उहाँकाे ध्यान आफूतिर तान्न गरेकाे हुँ ।’

उनले आफ्नाे याेजनाहरूकाे सन्दर्भमा मन्त्री श्रेष्ठकाे ध्यानाकर्षण गराएकाे बताए । ‘मैले ५ गतेसम्मकाे समयावधि दिएकाे छु,’ उनले भने, ‘त्यसपछि पनि मेराे याेजनाहरूका लागि बजेट नछुटाए मन्त्रालयमै अनशन बस्छु । मैले आजै उहाँकाे त्यसतर्फ ध्यानाकर्षण गरेकाे छु ।’

000

यादव जसपाले पनि ‘मन्त्री हेरफेर गर्नैपर्छ’ भनेर आवाज उठाउने सांसद हुन् । यसबीचमा सत्ता साझेदार दल एकीकृत समाजवादीले असाेज २२ गते बनेका मन्त्रीहरूलाई फिर्ता बाेलाएर नयाँ मन्त्रीहरू पठाएकाे छ । यसपछि जसपामा पनि मन्त्री हेरफेरकाे विषयले प्रवेश पाएकाे छ । यादवले असाेज २२ गते शपथ ग्रहण गर्ने मन्त्रीहरू ६ महिनाका लागि मात्रै पार्टीले पठाएकाे बताउँछन् । उनले भनेका छन्, ‘पार्टीले ६ महिनाका लागि मन्त्री बनाएकाे हाे । अब उनीहरू फिर्ता हुनुपर्छ र नयाँ मन्त्रीहरू पठाइनूपर्छ । यदि यसाे नभए अध्यक्षजीले भनेकाे पुग्दैन ।’

♦ याे पनि:
   सत्ता साझेदार दलहरूमा मन्त्री हेरफेर गर्नुपर्ने ‘दबाब’

मन्त्रीका आकांक्षीसमेत रहेका उनले दाेहाेर्‍याएका छन्— ‘यदि अहिले मन्त्री हेरफेर भएनन् भने पार्टीकाे निर्णयविपरीत हुन्छ,’ उनले भनेका छन्, ‘त्यसैले पार्टीकाे निर्णय र अध्यक्षजीकाे बाेलीअनुसार अहिले मन्त्री हेरफेर हुनुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =