‘सामान्य प्रशासनमन्त्री श्रेष्ठमाथि मन्त्रालयमै हातपात गर्न खाेजियाे’

काठमाडाैँ । सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि मन्त्रालयमै हातपात गर्न खाेजिएकाे छ । सिंहदरबारस्थित कार्यकक्षमै उनीमाथि हातपात गर्न खाेजिएकाे मन्त्री श्रेष्ठकाे सचिवालयले जनाएकाे छ ।

बिहीबार मन्त्रीको कार्यकक्षमा पुगेका सांसद रामबाबु यादवलगायतले उनीमाथि हातपात गर्न खाेजेकाे सचिवालयकाे भनाइ छ । एक सचिवालय सदस्यले भनेका छन्, ‘मन्त्रीज्यूमाथि हातपात गर्न खाेजिएकाे थियाे, तर हामीले दिएनाैँ ।’

यादवले आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै मन्त्रीमाथि भौतिक हमला गर्न खाेजेकाे आराेप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − 1 =