अमेरिकी सैनिक अधिकारीकाे नेपाल भ्रमणबारे जानकारी दिन सांसदकाे माग

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले अमेरिकी सैनिक अधिकारीहरूको नेपाल भ्रमण र नेपालका प्रधानसेनापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका विषयमा सदनलाई जानकारी गराउन माग गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालयमाथिको छलफलका क्रममा उनले अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमाण्डका जनरलका साथै अन्य सैनिक अधिकारीहरूको नेपाल भ्रमण र नेपालबाट हुने लागेको अमेरिका भ्रमणले आशंका पैदा भएको भन्दै यस विषयमा सरकारले सदनमा जानकारी गराउनुपर्ने बताएका हुन् ।

अमेरिकी र नेपाली सेनाबीच स्टेट पार्टनरशिप सम्झौताका लागि दवाव दिन खोजिएको भन्ने चर्चाका विषयमा पनि सरकारले स्पष्ट पार्नुपर्ने उनकाे भनाई छ ।

त्यस्तै छलफलमा भाग लिदै उनले सरकारले भनेको निजी लगानी भित्र्याउने कुरामा धेरै क्षेत्र पर्ने भएकाले सबै क्षेत्र समेट्नुपर्ने बताए । नेता पोखरेलले सार्वजनिक शिक्षाको सवलीकरण दशकीय कार्यक्रम आफ्नो पालामा ल्याइएकामा अहिले शिक्षा मन्त्रालयले त्यसलाई चासो नदेखाएको बताए ।

त्यस्तै छलफलमा भाग लिँदै एमालेका सांसद योगेश भट्टराईले बिना अध्ययन शेयर धितो कर्जाको सीमा हेरफेर गर्ने कुरा उपयुक्त नभएको बताए । धितोपत्र सुधारका लागि सरकारले गठन गरेको समितिमा लगानीकर्तालाई पनि समावेश गर्नुपर्नेमा उनले जोड दिए ।

भट्टराईले अहिलेको बजेटमा सरकारले पुँजीकरणलाई प्राथमिकतामा नराखेको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =