युवतीले आफैँसँग गरिन् विवाह, हनिमुनका लागि गाेवा जाने

काठमाडौँ । भारतकाे व्यापारिक नगरी गुजरातमा एकजना युवतीले आफैँसँग बिहे गरेकी छन् ।

बुधबार २४ वर्षकी क्षमा बिन्दुले आफैँसँग धुमधामले बिहे गरेकी हुन् । विवाहमा उनले रातो रङको साडी, हातमा मेहन्दी र सिउँदोमा सिन्दुर लगाएकी थिएन् ।

त्यस्तै, उनले विवाहमा हुने सबै रीतहरू पूरा गरेकी छन् । विवाह मण्डपमा उनी आफैँले आफ्नै सिउँदो भरेकी हुन् । विवाहमा उनका आमा–बुवाले उनलाई आशीर्वाद दिएका थिए । उनले विवाहको लागि पण्डित बोलाएकी थिइन् तर पण्डित आएनन् ।

बिहेपछि उनी हनिमुनको लागि गोवा जाने भएकी छन् । उनले ११ जुनमा विवाह गर्ने घोषणा गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =