पब्जीमाथि प्रतिबन्ध लगाउन सांसदकाे माग

काठमाडौँ । संसदमा चर्चित मोबाइल गेम पब्जीमाथि प्रतिबन्ध लगाउनुपर्ने माग उठेकाे छ ।

बिहीबारकाे प्रतिनिधिसभा बैठकमा बाेल्दै सांसद दिलकुमारी थापा रावलले नेपालमा अनलाइन गेम पब्जीमाथि प्रतिबन्ध लगाउन माग गरेकी हुन् ।

गत मंगलबार भारतको उत्तर प्रदेशमा एक किशोरले पब्जी खेल्न नपाएको निहुँमा आफ्नै आमाको गोली हानी हत्या गरेको खबर आएपछि सांसद दिलकुमारीले नेपालमा पब्जी बन्द गर्न माग गरेकी हुन् ।

नेपालमा बेलाबेला अनलाइन गेममा राेक लाग्नुपर्ने माग उठ्दै आएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *