अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुख काठमाडाैँमा

काठमाडौँ । अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुख जनरल चाल्स एन्थोनि फ्लिन काठमाडौँ आइपुगेका छन् । उनी भारतको नयाँ दिल्ली हुँदै मध्यान्ह १२ बजे काठमाडौं आएका हुन् ।

नेपाली सेनाका सैनिक प्रवक्ता नारायण सिलवालले अमेरिकी सैनिक अधिकारी फ्लिन काठमाडौँ आइपुगेको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति शर्माको अमेरिका भ्रमणको तयारी भइरहेका बेला अमेरिकी सेनाका उच्च अधिकारी नेपाल आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

जनरल फ्लिनले विद्यादेवी भण्डारी र प्रधानमन्त्री देउवासँग भेटने कार्यक्रम छ ।

अमेरिकी सेनाको विशेष जहाजमा आउने भनिएको भएपनि फ्लिन इन्डिगाे एअरकाे नियमित उडानबाट काठमाडाैँ पुगेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *