राष्ट्र बैंकको निर्देशन: उच्च पदस्थ अधिकारीको बैंक खाता निगरानी गरियोस्

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सबै उच्च पदस्थ अधिकारीको बैंक खाता निगरानी गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले सम्पत्ति शुद्धिकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्ने सम्बन्धी एकीकृत निर्देशिका संसोधन गर्दै उच्च पदस्त अधिकारीको खातालाई निगरानी गर्न निर्देशन दिएको हो । बैंक तथा वित्तीय संस्थाले स्वदेशी तथा विदेशी उच्चपदस्थ व्यक्तिको खाताको नियन्त्रण गर्नुपर्ने उक्त निर्देशनमा उल्लेख गरिएको छ ।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले राष्ट्रपति, उपराष्ट्रपति, उच्च अदालतका न्यायाधीश, संसद्का सदस्य, संवैधानिक निकायका प्रमुख तथा उच्च सरकारी कर्मचारीको खाता निगरानीमा गर्नुपर्नेछ । यस्तै, विदेशी नियोगका उच्च अधिकारीको बैंक खाता पनि निगरानीमा राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

साथै, कम्पनीको नाममा भइरहेका कारोबारमा वास्तविक खातावाल धनी तथा कम्पनीमा निर्देशन दिनसक्ने अधिकारीको खातासमेत निगरानीमा राख्नुपर्ने निर्देशन दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *