‘झुक’नीति हाेइन, शिर ठाडाे पार्ने कूटनीति अवलम्बन गराैँ : रावल
२०७९ जेठ २६ गते

काठमाडाैँ । नेकपा एमालेका सांसद भीमबहादुर रावलले अहिलेकाे सरकार छिमेकी देशहरूसँग डराइरहेकाे टिप्पणी गरेका छन् । संसद्मा मन्त्रालयगत बजेटमाथि भएकाे छलफलमा भाग लिँदै उनले यस्ताे बताएका हुन् । उनले सरकारले ‘झुक’नीति अवलम्बन गरिरहेकाे व्यङ्ग्यसमेत गरे । ‘नेपालले झुकनीति हाेइन, शिर ठाडाे पार्ने कूटनीति अवलम्बन गराेस्,’ उनले भनेका छन् ।
त्यसअघि भनेका छन्— ‘अहिले छिमेकीहरूले पेलिरहेका छन् । नेपाल चुइक्क पनि बाेल्दैन । कालापानी, लिम्पियाधुरा आज हेर्नुस् त । किन डराएकाे सरकार ? म पनि त्यही क्षेत्रकाे मान्छे हुँ । प्रधानमन्त्रीजी भारत जानुभयाे, भारतीय प्रधानमन्त्री नेपाल आउनुभयाे । तर केही छैन, कुरै हुँदैन । अहिलेकाे सरकार किन यसरी डराएकाे ?’
२०७९ जेठ २६ गते
प्रतिक्रिया
सम्बन्धित








