सांसद खतिवडा भन्छन्- चुनाव चिह्न ‘लाैराे’ अहिले नुवाकाेटे जनाकाे ढाँड र टाउकाेमा बज्रिरहेकाे छ
२०७९ जेठ २६ गते

काठमाडाैँ । नेकपा एमालेका सांसद नारायणप्रसाद खतिवडाले धादिङकाे धुनिवेशीस्थित बञ्चरेडाँडा र नुवाकाेटकाे ककनीस्थित सिसडाेलमा काठमाडाैँकाे फाेहाेर व्यवस्थापन गर्दा त्यहाँका जनताले भनेबमाेजिम गर्नुपर्ने बताएका छन् । बिहीबार संसद्काे शून्य समयमा बाेल्दै उनले यस्ताे बताएका हुन् । नुवाकाेटकाे क्षेत्र नं. २ बाट निर्वाचित उनले भनेका छन्, ‘फाेहाेर फाल्ने बेलामा नुवाकाेटे जनतालाई पनि सुनाैँ । उनीहरूकाे आवाजकाे सम्बाेधन पनि गर्नुपर्छ ।’
त्यसअघि उनले भनेका छन्, ‘चुनावका बेला चुनाव चिह्न रहेकाे लाैराे अहिले नुवाकाेटे जनाकाे ढाँड र टाउकाेमा बज्रिरहेकाे छ । याे सह्य हाेइन । यसतर्फ साेचियाेस् ।’
२०७९ जेठ २६ गते
प्रतिक्रिया
सम्बन्धित








