सत्तारुढ दलका सांसदकाे माग- रेशम चाैधरीलाई तुरुन्तै रिहा गरियाेस्

काठमाडाैँ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद तेजुलाल चाैधरीले रेशम चाैधरीकाे रिहाइकाे माग गरेका छन् । बिहीबार संसद्‌काे शून्य समयमा बाेल्दै उनले यस्ताे बताएका हुन् । ‘यहाँ मधेशी र थारुहरूले नागरिकता नभएकै कारण राेजगारी पाएका छैनन् । चाँडै नागरिकता विधेयक ल्याइओस् र नागरिकता दिइयाेस्,’ उनले भनेका छन्, ‘यहाँ थारुहरूले आफ्नाे अधिकार र पहिचानका लागि लड्दा टीकापुर घटनाकाे बहनामा बन्दी बनाइन्छ । म माग गर्न चाहन्छु- माननीय रेशम चाैधरीलगायतका थारु बन्दीहरूलाई तुरुन्त रिहा गरियाेस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − four =