अमेरिकी उच्च सैनिक अधिकारी आज नेपाल आउँदै

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स ए फ्लिनले आजदेखि नेपाल भ्रमण गर्दैछन् । चार दिने भारत भ्रमण सकेर आज अपराह्न नयाँदिल्लीबाट उनी काठमाडौँ ओर्लिने नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालले अमेरिकी जनरल चार्ल्सको सद्भावना भ्रमण हुन लागेको जानकारी दिए । उनकाअनुसार काठमाडौंमा रहँदा चार्ल्सले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापति प्रभुराम शर्मालगायतसँग भेट गर्ने कार्यक्रम छ ।

साथै माउन्टेन फ्लाइट गर्ने र काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति सैनिक तालिम केन्द्रको अवलोकन गर्ने कार्यक्रम पनि छ। शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कलेजमा सम्बोधनको कार्यक्रम पनि तय भएको सेनाले जनाएको छ।चार्ल्स जेठ २९ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवा र प्रधानसेनापति शर्माको अमेरिका भ्रमणको पूर्वसन्ध्यामा अमेरिकी सैनिक अधिकारीको भ्रमणलाई महत्त्वका साथ हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + five =