सांसद बिनाकाे माग- किसानहरूकाे उत्पादनकाे बजार व्यवस्थापन सरकारले गराेस्
२०७९ जेठ २५ गते

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका सांसद बिना मगरले किसानहरूकाे उत्पादनकाे बजार व्यवस्थापनकाे जिम्मा सरकारले लिनुपर्ने बताएकी छन् । पूर्वमन्त्रीसमेत रहेकी उनले बुधबार मन्त्रालयगत बजेटमाथिकाे छलफलमा भाग लिँदै यस्ताे बताएकी हुन् । ‘जबसम्म किसानहरूका उत्पादनकाे बजार व्यवस्थापनकाे ग्यारेन्टी सरकारले गर्दैन, त्याे बेलासम्म किसानहरूलाई अन्याय नै भइरहन्छ । म माग गर्न चाहन्छु, किसानले उत्पादन गरेकाे दुई पाेटी लसुनकै किन नहाेस्, त्यसकाे बजार व्यवस्थापनकाे जिम्मा सरकारले गराेस् । यदि यसाे भएन भने किसानहरूले आफूलाई सुरक्षित ठान्दैनन् ।’
२०७९ जेठ २५ गते
प्रतिक्रिया
सम्बन्धित








