धितोपत्र बोर्डको प्रतिबद्धताः बुक बिल्डिङ विधि पारदर्शी बनाएर बजारमा ल्याइने

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिलाई पारदर्शी बनाई दिगो रूपमा बजारमा ल्याउने प्रतिबद्धता जनाएको छ ।

बोर्डका अध्यक्ष रमेश हमालले आज बुधबार बोर्डको ३०औं वार्षिकोत्सव कार्यक्रमका अवसरमा यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । हमालले लामो समयदेखि प्रक्रिया रोकिएको बुक बिल्डिङ विधिलाई पारदर्शी एवं दिगो बनाउन बोर्ड सकारात्मक रहेको बताएका छन् ।

बुक बिल्डिङ विधिमा अन्तर्राष्ट्रिय स्तरमा प्रयोग भइरहेको ‘अटोमेटेड इलेक्ट्रोनिक अक्सन सिस्टम’ आउने हमालले दाबी गरेका छन् । दिगो र स्थापित तवरमा वास्तविक क्षेत्रका कम्पनीलाई बजारमा पारदर्शी रूपले भित्र्याउन यो सिस्टम आवश्यक रहेको उनले बताए ।

बजारमा ठूला उद्योग र व्यवसायिक पक्षबाट सवाल कम्पनीलाई सूचीकरण गराई सर्वसाधारणको स्वामित्व बढाउँदै बजार विस्तार र सन्तुलित बनाउनतर्फ बोर्ड लागेको अध्यक्ष हमालले बताएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + seventeen =