राप्रपा नेपालकाे उद्देश्य भनेकै ‘समाज पुन:जागृत’ हाे : अध्यक्ष थापा

काठमाडाैँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुक ‘कन्फ्यूज्ड आईडाेलाेजी’बाट अघि बढिरहेकाे बताएका छन् । जनताको माझमा राप्रपा नेपाल अभियान अन्तर्गत ‘वर्तमानका चुनौती र विकल्प’ विषयक लुम्बिनी प्रदेशको बुटवलमा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष थापाले यस्ताे बताएका हुन् । ‘मुलुक अहिले कन्फ्यूज्ड आईडाेलाेजीबाट अघि बढिरहेकाे छ । कम्युनिष्टकै कुरा गर्नुभयाे भने पनि न हामीकहाँ वास्तविक कम्युनिष्ट नै भए, न कम्युनिष्ट नामकै भएनन् । विगत ७० वर्षभित्रकाे राजनीति कम्युनिष्टकै वरिपरि घुमिरहेकाे छ । तर केही भएकाे छैन । यसाे हुँदा नेपाल अहिले कन्फ्यूज्ड आईडाेलाेजीबाट चलिरहेकाे छ,’ अध्यक्ष थापाले भनेका छन् ।
अध्यक्ष थापाले अहिले त्यसकै विकृत रूप देखिएकाे जिकिर गरेका छन् । ‘यसकै विकृत रूप देखिएकाे छ,’ उनले भनेका छन्, ‘साम्यवादी र पूँजीवाद मिसिन थाले । कम्युनिष्टहरू कम्युनिष्टजस्ता भएनन् ।’
उनले राप्रपा नेपालकाे उद्देश्य भनेकै नेपाली समाज पुन: जागृत भएकाे बताए । उनले भने— ‘राप्रपा नेपालले नेपाली समाजकाे पुन:जागृत चाहन्छ । हाम्राे मूल उद्देश्य नै यही नै हाे ।’








