सञ्चार मन्त्रालयकाे बजेटमाथि गाेकुलकाे व्यङ्ग्य- घुम्ती शिविर हाेइन, दारु शिविर राखाैँ

काठमाडाैँ । नेकपा एमालेका सांसद गाेकुलप्रसाद बाँस्काेटाले सञ्चार मन्त्रालयलाई घुम्ती शिविरका लागि बजेट छुटाइएकाे भन्दै त्यसकाे विराेध गरेका छन् । बुधबार संसद्‌मा भएकाे मन्त्रालयगत बजेटमाथिकाे छलफलमा भाग लिँदै उनले यस्ताे बताएका हुन् । ‘सञ्चार मन्त्रालयकाे घुम्ती शिविर, स्वास्थ्य मन्त्रालयकाे भएपनि त हुन्थ्याे नि । सञ्चार मन्त्रालयकाे घुम्ती शिविर रे बुझिएन याे । बरु दारु शिविर राखाैँ न,’ उनले व्यङ्ग्य गरेका छन् ।

पूर्वसञ्चारमन्त्रीसमेत रहेका उनले प्रत्येक बुँदा झुटकाे पुलिन्दा भएकाे बताए । ‘यहाँ हरेक बुँदामा डुप्लिकेसन छ,’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *