सांसद सिंहकाे प्रस्ताव- उपसभामुख पद खारेज गराैँ

काठमाडाैँ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेजीको माग राखेका छन् । बुधबार संसद्‌मा मन्त्रालयगत बजेटमाथि भएकाे छलफलमा भाग लिने क्रममा यस्ताे माग गरेका हुन् । ‘यदि उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद किन राख्नु ?,’ उनले प्रश्न गरेका छन् ।

प्रतिनिधि सभामा २०७६ माघ १२ यता उपसभामुख पद खाली छ । लामो समयदेखि पद रिक्त हुँदासमेत राजनीतिक दलहरू उपसभामुख चयनका विषयमा मौन छन् । यसपछि सांसद सिंहले यस्ताे माग गरेका हुन् ।

सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ९१ को उपधारा ९२० १ बमोजिम सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *