लाेसपालाई उपेन्द्रकाे आह्वान- ‘आउनुस् फुटेर हाेइन, जुटेर जाऔँ’

जनकपुर । जनता समाजवादी पार्टी [जसपा]का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पूर्वसहपाठीहरूलाई मिलेर अगाडि बढ्न आह्वान गरेका छन् । बुधबार जनकपुरधाम आएका उनले लाेकतान्त्रिक समाजवादी पार्टी [लाेसपा]कारूपमा छुट्टिएका महन्थ ठाकुर, राजेन्द्र महताेलगायतका नेताहरूलाई यस्ताे आह्वान गरेका हुन् । विगतमा नेकपा [एमाले]का अध्यक्ष केपी शर्मा ओलीकाे भड्काउमा लाग्दा पार्टी फुटेकाे निष्कर्ष निकाल्दै उने भने— ‘आज समीक्षा गर्ने समय छ, बेला भएकाे छ । पार्टी फोडेर कसलाई के फाइदा भयो ? जनमत बाडिँदा मधेशी जनतालाई नै घाटा भएको छ, मधेशलाई नै घाटा भएकाे छ । त्यसैले यो विभाजनको औचित्य म आज देखिरहेको छैन । आउनुस् मिलेर अगाडि बढाैँ । फुटेर हाेइन, जुटेर अघि बढाैँ ।’

लाेसपा नेताहरूले भने जसपाले गठबन्धन त्यागेर आफूहरू संवादका लागि तयार रहेकाे बताएका छन् । केही दिनअगाडिकाे मकालुखबरसँगकाे कुराकानीका क्रममा लाेसपा नेता एकवाल मियाँले भनेका थिए— ‘जसपाले सरकार छाड्नुपर्छ, गठबन्धन छाड्नुपर्छ । हामी संवादका लागि तयार छाैँ । बाँकी कुरा त संवादबाटै टुङ्गिने कुरा हाे । हामी मिल्न पनि सक्छाैँ ।’

यसअघि ओली नेतृत्वकाे सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे मत बाझिँदा जसपा फुटेकाे थियाे । ठाकुरकाे नेतृत्वमा अलग्गिएकाे लाेसपा गत भदाै ९ गते निर्वाचन आयाेगमा दर्ता भइसकेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *