एमालेका मुख्य नेतृत्वप्रति आग्रहपूर्ण विचार प्रवाह नगर्ने हाे भने मुलुकको विकास एमालेबाटै सम्भव छ : महासचिव पाेखरेल

काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पाेखरेलले मुलुकको विकास र समृद्धि एमालेबाटै सम्भव हुने बताएका छन् । बुधबार आफ्नाे आधिकारिक फेसबूक ह्यान्डलमार्फत् उनले यस्ताे बताएका हुन् । ‘मुलुकको विकास र समृद्धिका लागि आवश्यक राष्ट्रिय शक्तिको निर्माण एमालेभित्रबाटै सम्भव छ,’ महासचिव पाेखरेलले भनेका छन् ।

त्यसका लागि नेतृत्वलाई लक्षित गरेर आग्रहपूर्ण विचार प्रवाह गर्न भने बन्द गर्नुपर्ने बताएका छन् । ‘एमालेकाे मुख्य नेतृत्वलाई लक्षित गरेर आग्रहपूर्ण विचार प्रवाह नगर्ने हो र पार्टीलाई एकताबद्ध बनाउने काममा इमान्दारीतापूर्वक लाग्ने हो भने पार्टीको भविष्यको चिन्ता गर्नुपर्ने अवस्था छैन,’ उनले भनेका छन् ।

यसअघि पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई अध्यक्ष केपी शर्मा ओलीकाे आलाेचना गरेकाे भन्दै कारबाहीकाे सिफारिस गरिएकाे छ । पार्टीकाे अनुशासन समितिले कारबाहीकाे सिफारिस गरेकाे हाे, उक्त कारबाहीबारे पार्टीमा छलफल हुने एमालेले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *