दार्चुलामा एकल महिलाको हत्या, आरोपमा दुईजना पक्राउ

काठमाडौँ । दार्चुलामा एक महिलाको हत्या गरिएको छ । शैल्यशिखर नगरपालिका–१ बारिलकी ४० वर्षीया अनिभा खडायतको हत्या गरिएको हो ।

घर नजिकैको खरको लुटोमा आगो लगाएर ती महिलाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । घटनाको कारण भने खुल्न नसकेको उनले बताए । खडायतको शव गए राति फेला परेको वडा नं १ का वडाध्यक्ष भरत खडायतले जानकारी दिए । उनका श्रीमानको सात वर्ष अघि मृत्यु भइसकेको छ । खडायतका दुई छोरी र एक छोरा छन् ।

घटनामा संग्लन रहेको आशङ्कामा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई पक्राउ गरेको छ । शङ्कास्पद एकजना फरार रहेको बताइएको छ । घटनाको अनुसन्धान गर्न डिएसपी विष्ट घटनास्थल पुगेका छन् । प्रहरी चौकी बलाँच र इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोली पनि घटनास्थलतर्फ गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.