जिससको निर्वाचनमा पालिका प्रमुख, उपप्रमुखकै भोट बदर

धनगढी । जिल्ला समन्वय समिति बैतडीको मंगलबार सम्पन्न निर्वाचनमा पालिका प्रमुख, उपप्रमुखकै भोट बदर भएका छन् । समन्वय समितिको निर्वाचनमा नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्न पाउने प्रावधान रही आएको छ ।

सोही क्रममा मंगलबार सम्पन्न भएको निर्वाचनमा उपप्रमुख पदमा २ भोट, दलित महिला सदस्यमा २ भोट र खुला सदस्यमा तीन भोट बदर भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । समन्वय समितिको निर्वाचनमा बैतडीमा सात भोट बदर भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *