भदौ मसान्तसम्म सडक खन्न नपाइने (सूचनासहित)

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले आगामी तीन महिना सडक खन्न स्वीकृति नदिने बताएको छ। बर्खामा धारा, ढल, बिजुली, टेलिफोनलगायत विभिन्न प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गर्न नसकिने भएकोले भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको हो ।

सडक विभागले बुधबार सार्वजनिक सूचना निकालेर बर्खायाममा विभिन्न प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा सडक ल्याउन नसकिने र सडक थप बिग्रँदै जाने भएकोले असार १ गतेदेखि भदौ मसान्तभित्र सडक डिभिजन मातहत कुनै पनि सडक खन्ने स्वीकृत नदिइने प्रस्ट पारेको छ । ‘कसैले जबरजस्ती सडक खनेको पाइए सडक ऐन २०३१ अनुसार कारबाही गरिने जानकारी गराइन्छ,’ विभागले भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *