प्रेस सेन्टरका जिल्ला अध्यक्ष पोखरेलको रुखबाट खसेर मृत्यु

काठमाडाैँ । प्रेस सेन्टर नेपाल नवलपरासी (पश्चिम) का अध्यक्ष राजु पोखरेलको मृत्यु भएको छ । मंगलबार दिउँसो रुखबाट खसेर ३४ वर्षीय अध्यक्ष पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

पोखरेल कार्य क्षेत्र नवलपरासीबाट ५ दिन अघि गुल्मी धुर्कोट गाउँपालिका ४ जैसीथोक रौताडीमा रहेकाे घर आएका थिए । घर नजिकै रुखबाट लडेर गम्भीर घाइते भएका पोखरेलको जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दौतरी एफएमका स्टेशन म्यानेजर समेत रहेका पोखरेल क्रियाशिल पत्रकारका रुपमा परिचित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *