चितवनमा बाघको आक्रमणबाट निगुरो टिप्न गएकी महिलाको मृत्यु 

चितवन । चितवनमा बाघको आक्रमणबाट महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका-२३ स्थित घैलाघारी सामुदायिक वनमा निगुरो टिप्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाघको आक्रमणबाट भरतपुर महानगरपालिका-२३ घौलाघारी बस्ने ५५ वर्षीया मङ्गली बोटे मृत्यु भएको प्रहरीले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सामुदायिक वनमा मंगलबार दिउँसो निगुरो टिप्न गएका चार जनामध्ये बोटेलाई बाघले आक्रमण गरेको थियो । मंगली बोटेको शव बाघले खाएको अवस्थामा राति ८ः३५ बजे फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *