शल्यक्रियापछि नेता पौडेलको स्वास्थ्यमा सुधार

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव डा. विजय पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।

पार्टीका कार्यालय सचिव डा. गङ्गालाल तुलाधरले आज विज्ञप्ति जारी गर्दै पौडेलको स्वास्थ्यमा सुधार आएको जानकारी दिएका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार गङ्गालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो । मुटुसम्बन्धी शल्यक्रियापछि पौडेलको स्वास्थ्यमा सुधार हुँदै गएको विज्ञप्तिमा उल्लेख छ ।

चिकित्सकको सल्लाहबमोजिम पौडेलसँगको भेटघाट हाललाई बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *