इम्बोस्ड प्रकरणमा आफूलाई अनावश्यक मुछिएकाे सुरक्षण मुद्रण केन्द्रका निर्देशककाे दाबी

काठमाडाैँ । सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक विकल पौडेलले इम्बोस्ड नम्बर, एमआरपी छपाइ, सुरक्षण मुद्रण लगाएतका विषयमा आफूलाई अनावश्यक रूपमा मुछिएको बताएका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले इम्बोस्ड नम्बरका विषयमा आफूले डिजाईन मात्र गरेको र सार्वजनिक ऐन बमोजिम नै यातायात व्यवस्था विभागले प्रक्रिया अघि बढाइएको दावी गरे । सो क्रममा टेन्डर गर्दा तीनवटामध्ये सबैभन्दा सस्तोलाई जिम्मा दिइएको उनले बताए ।

उनले पछिल्लो ५–६ वर्ष यता विभागमा गएर कुनै काम नगरेको तर्क गरे । उनले एमआरपी पासपोर्टमा काम गरेको र अहिलेको इपासपोर्टमा कुनै सहभागिता नरहेको बताए । एमआरपी पासपोर्ट अघि बढाँउदा पनि निकै सस्तोमा नेपाल भित्राइएको उनले दावी गरे ।

त्यस्तै सेक्युरिटी प्रिन्टिङ प्रेसलाई अघि बढाउनका लागि बनेपामा दुईवटा मेशिन भित्राइएको र आइआरडीको स्टीकर छाप्ने तयारी भइरहेको बताए । उनले यो ३३ अर्बको प्रोजेक्ट भएको र सरकारले अहिलेसम्म निकास नगरेको प्रष्ट पारे ।

उनले आफू सुरक्षण मुद्रण केन्द्रमा खुल्ला प्रतिष्पर्धामा आएकाले भन्दै अहिले पनि सरकारले कानूनबमोजिम नै आफूलाई नियुक्ति गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *