कर्णालीको नीति तथा कार्यक्रम अधिकांश पुराना योजना (पूर्णपाठ)

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९ ०८० को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

सरकारको नीति तथा कार्यक्रममा अधिकांश पुराना योजनाहरूलाई निरन्तरता दिइएको छ ।

नयाँ योजनाहरूमा सुर्खेतको पञ्चपुरी नगरपालिका २ मा रहेको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० सैयाको अस्पतालको रूपमा स्तरोन्नति गरिने भएको छ ।

परियारका अनुसार सुर्खेत जिल्लाको पश्चिम क्षेत्रलाई उपचारात्मक स्वास्थ्य सेवालाई सहज तथा गुणस्तरीय बनाउनका लागि सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० सैयाको अस्पतालको रूपमा स्तरोन्नति गरिने भएको हो । जसका लागि आवश्यक पूर्वाधारको व्यवस्थापन गरिने जनाएको छ ।

यस्तै, सरकारले वीरेन्द्रनगर नगरपालिका ४ मा रहेको प्रदेश अस्पताललाई विशिष्टीकृत तहको रूपमा विकास गरी स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने नीति लिएको छ ।

नीति कार्यक्रम सार्वजनिक गर्दै परियारले स्वास्थ्य उपचारका लागि प्रदेश बाहिर जाने बाध्यतालाई क्रमशः न्यूनीकरण गरिने बताएका छन् ।

यस्तै, प्रदेश आयुर्वेदिक औषधालयलाई खोज अन्वेषण केन्द्रका रूपमा विकास गरिने, स्वास्थ्य सेवा सर्वसुलभ बनाउन पहल गरिने, सामुदायिक स्वास्थ्य सेवा, टेलिमेडिसिन लगायतका सेवा सुचारु गर्ने, स्वास्थ्यकर्मीलाई तालिम तथा प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *