भरतपुर महानगरमा अनलाइन भुक्तानी प्रणाली शुरू

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा अनलाइन भुक्तानी प्रणाली र डिजिटल बडापत्रको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।

महानगरप्रमुख रेनु दाहालले प्रणाली र बडापत्रको उद्घाटन गरेकी हुन् । अनलाइन भुक्तानी प्रणाली सुरु गरेसँगै सम्पत्ति कर, नक्सापास, राजश्व, बहाल कर लगायतका महानगरमा भुक्तानी गर्ने सबै प्रकारका करहरु घरबाट नै तिर्न सकिने भएको हो ।

हरेक वडामा डिजिटल प्रविधिबाट काम गर्ने तयारीस्वरूप यो सेवा सुरु गरिएको महानगरप्रमुख रेनु दाहालले बताइन् । उनले भनिन्, “डिजिटल महानगर बनाउने उद्देश्यका साथ काम भइरहेको छ ।” पहिलो चरणमा महानगरबाट कागजरहित सेवा उपलब्ध गराउन यो प्रणालीको सुरुआत गरिएको उनले बताइन् । स्मार्ट सिटीको अवधारणाअन्तर्गत महानगरको काम अघि बढेको उनले जानकारी दिइन् ।

महानगर उपप्रमुख चित्रसेन अधिकारीले अनलाइन प्रणालीमार्फत् सेवा लिन सबैलाई आग्रह गरेका छन् । उनले भने, “अनलाइन प्रणाली सुरु भएसँगै भ्रष्टाचारसमेत कम हुनेछ ।” जनताले सेवासुविधा चुस्त रूपमा पाउन सक्ने उनको भनाइ छ ।

साथै, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले दर्ता चलानीलाई व्यवस्थित गर्न वैज्ञानिक प्रक्रियाबाट काम शुरू गरिएको उल्लेख गर्दै डिजिटल बडापत्रमा नागरिकले पाउने सूचनाहरू लिन सहज हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *