राप्रपा नेपालकाे माग- जन्मसिद्ध नेपाली नागरिकबाट जन्मिएका सन्तानलाई सहजरूपमा नागरिकता देउ

काठमाडाैँ । कमल थापा नेतृत्वकाे राप्रपा नेपालले राम-जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने काम तत्काल थाल्न नेपाल सरकारलाई आग्रह गरेकाे छ । त्यसकाे पहल चाँडै सरकारले थाल्नुपर्ने माग राप्रपा नेपालकाे छ । केन्द्रीय अध्यक्ष थापाकाे अध्यक्षतामा जनकपुरमा सम्पन्न भएकाे मधेश प्रदेशको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाले यस्ताे माग गरेकाे हाे ।

राप्रपा नेपालले जन्मसिद्ध नेपाली नागरिकबाट जन्मिएका सन्तानलाई सहज र सरलरूपमा नागरिकता उपलब्ध गराउन सरकारसँग माग गरेकाे छ । भेलाले ८ बुँदे निर्णय गरेपछि जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ— जन्मसिद्ध नेपाली नागरिकबाट जन्मिएका सन्तानहरूलाई सहज र सरलरूपमा नेपाली नागरिकता उपलब्ध गराउन नेपाल सरकारसँग जाेडदार माग गर्दछ ।

यस्तै उसले हुलाकी मार्गकाे निर्माण तत्काल सम्पन्न हुनुपर्ने माग गरेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *