निजगढ विमानस्थलबारे सर्वाेच्चलाई रावलकाे प्रश्न- देशलाई हानी पुर्‍याएर न्यायालयले निर्णय लिन पाउँछ ?

काठमाडाैँ । नेकपा एमालेका सांसद भीमबहादुर रावलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल चाँडै बन्नुपर्ने बताएका छन् । मंगलबार संसद्‌मा भएकाे मन्त्रालयगत बजेटमाथिकाे छलफलमा भाग लिँदै उनले यस्ताे बताएका हुन् । उनले प्रश्न गरेका छन्, ‘अधिकार छ भन्दैमा न्यायालयले देशलाई हानी पुर्‍याएर निर्णय पाउँछ ?’

त्यसअघि सांसद रावलले भनेका छन्, ‘त्यहाँ ११० विघा जमिन अधिग्रहण गर्नुपर्नेमा आधाभन्दा धेरै जग्गा अधिग्रहण भइसकेकाे छ । त्यहाँ सरकारकाे ३ अर्बभन्दा धेरै बजेट खर्च भइसकेकाे छ । अनि अदालतले भने केही नसम्झी निर्णय गरिदिने ? शक्ति पृथकीकरण अदालतले मान्नुपर्दैन ?’

यसअघि सर्वाेच्च अदालतले निजगढ विमानस्थल बनाउन नपाउनेगरी निर्माणमा राेक लगाएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *