ताप्लेजुङमा अल्लोको धागोबाट कपडा उत्पादन गर्दै महिलाहरू

काठमाडौँ । हिमाली जिल्ला ताप्लेजुङमा अल्लोको कपडा उत्पादन हुन थालेको छ ।

केही समयअघि फुङ्लिङ नगरपालिका कार्यालयको आर्थिक सहयोगमा महिला जागरण मञ्च नामक स्थानीय एक संस्थाले अल्लो कपडा बुनाइसम्बन्धी एक महिने तालिम सञ्चालन गरेको थियो । तालिममा सीप सिकेका महिलाहरूको सहयोगबाट ताप्लेजुङका विभिन्न कपडा उद्योगमा अल्लोका कपडा पनि उत्पादन हुन थालेको हो ।

पछिल्लो समय अल्लोबाट बनेको कपडाको माग बढेपछि ताप्लेजुङका महिलाले घरेलु कपडा उद्योग सञ्चालन गरेर राम्रो आयआर्जन गर्न थालेका छन् ।  नेपालका विभिन्न जिल्लामा अल्लोबाट उत्पादन भएको कपडा जापान लगायतका देशमा निकासा बढेसँगै ताप्लेजुङका महिलाहरू पनि यो व्यवसायतर्फ आकर्षित भएका हुन् ।

जंगलमा खेर गइरहेको अल्लोको भुवालाई प्रसोधन गरेर निकालिएको धागोले ताप्लेजुङका महिलाहरूले अहिले कपडा उत्पादन गरिरहेका छन् । अल्लोको कपडा प्रतिकोट ३ हजारदेखि ८ हजार रुपैयाँसम्ममा खरिद बिक्री हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *