लाेसपाकाे ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भने- मागप्रति प्रतिबद्ध छु

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले लाेकतान्त्रिक समाजादी पार्टी (लोसपा) ले राखेकाेव ११ बुँदे मागप्रति आफू प्रतिबद्ध रहेकाे बताएका छन् । मंगलबार बिहान लाेसपा अध्यक्ष महन्थ ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महताेलगायतका नेताहरू प्रधानमन्त्री सरकारी निवास बालुवाटार पुगेका थिए । त्यहाँ उनीहरूले ११ बुँदे ज्ञापनपत्र बुझाएका थिए । उक्त ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले यस्ताे बताएका हुन् । प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै लाेसपा नेता उमाशंकर अरगरियाले भनेका छन्, ‘हामीले ११ बुँदे माग राखेका छाैँ सरकारसँग । प्रधानमन्त्रीज्यूले त्यसमा प्रतिबद्ध छु भनेर भन्नुभएकाे छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *