सरकारमा जान लोसपाको औपचारिक कदमः प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडौँ । सरकारमा सहभागी हुनेबारे अनौपचारिक वार्तामा रहँदै आएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ११ बुँदे औपचारिक ज्ञापनपत्र बुझाएको छ ।

आज मंगलबार लोसपा अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । बालुवाटार पुगेर नेताहरूले प्रधानमन्त्री देउवासमक्ष आफ्नो पार्टीलाई सरकारमा सहभागी गराउन प्रस्ताव गर्दै ११ बुँदे माग अघि सारेका छन् । लोसपाले जनसंख्याको आधारमा स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभामा प्रतिनिधित्वको व्यवस्था गर्न तथा जनसंख्याकै आधारमा बजेट वितरण गर्नसमेत माग गरेको छ ।

साथै, लोसपाले नागरिकता विधेयक पारित गर्न तथा मधेस आन्दोलनका बेला झूटा मुद्दा लगाएर थुनिएकाहरूको रिहाइको समेत माग गरेको छ ।

ज्ञापनपत्रः

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *