मन्त्री हेरफेरबारे आलेकाे टिप्पणी- म पद छाेड्न तयार छु, पार्टीका ‘चिप्ले किरा’हरूले मलाई दाेषी नदेखे हुन्छ

काठमाडाैँ । संस्कृति, पर्यटन  तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आफू मन्त्री पद छाड्न तयार रहेकाे बताएका छन् । मंगलबार पशुपतिस्थित विश्वरूपा मन्दिर पुन:निर्माणको शिलान्यास गर्दै उनले यस्ताे बताएका हुन् । ‘पार्टीबाट हामीलाई ६ महिनाका लागि मन्त्री बनाइएकाे थियाे,’ उनले भनेका छन्, ‘हामीले २ महिना बढी मन्त्री बनिसक्याैँ । मैले हाम्राे पार्टीका आदरणीय नेता माधवकुमार नेपाललाई भनिसकेकाे छु कि पार्टीमा अन्य नेताहरूलाई अवसर दिनुहुन्छ भने म छाड्न तयार छु भनेर । तर हाम्रै पार्टीका केही चिप्ले किराहरूले प्रेम आलेले चलखेल र बार्गेनिङ्ग गर्‍याे भनेर मलाई दाेषी देखाउँदैछन्, अन्तर्वार्ता दिँदैछन् ।’

उनले पशपति क्षेत्रभित्रका पानी ‘प्यूरीफाई’ गर्न क्षेत्र विकास काेषलाई निर्देशनसमेत दिए । आफूले धेरै पहिलेदेखि त्यसतर्फ काेषका पदाधिकारीहरूकाे ध्यानाकर्षण गराउँदै आएकाे सुनाउँदै उने भने, ‘पशुपति ४ धाममध्येकाे १ धाम हाे । याे भनेकाे नेपाली मात्रै नभई विदेशी पर्यटकहरूकाे गन्तव्य हाे । त्यसैले पनि याे सफा हुनुपर्छ र यहाँका पानी सफा हुनुपर्छ । त्यसतर्फ पशुपति क्षेत्र विकास काेषले साेच्नुपर्छ । यसका पदाधिकारीहरूले यसलाई ध्यान राखेर काम गर्नुस् । १०० किलाेकाे मन्त्री साथमा छ ।’

पानी प्यूरीफाईका लागि मास्टरप्लानसमेत बनिसकेकाे जानकारी मन्त्री आलेले दिए, भने— अब त्यसअनुरूप काम गर्दै जाउँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *